लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रवेश, उपेन्द्र–बाबुरामले गरे स्वागत


काठमाडौं, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

आज (सोमबार) वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।

उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।