Logo

आइसीसी विश्वकप क्रिकेट लिग टुमा युएईसँग नेपाल पराजित



काठमाडौं, ७ चैत्र । आइसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको खेलमा नेपाल युएईसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनायो । जवाफमा नेपालले ३५.१ ओभरमा अलआउट हुँदै १०३ रन बनायो ।
नेपाली ब्याट्स्म्यानहरु युएईका बलरहरु सामु टिक्न सकेनन् । ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए ।



प्रतिक्रिया दिनुहोस्