Logo

इमरान खान मिडियाविरुद्ध खनिएपछि…



एजेन्सी, ७ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो समय देशको मिडियाविरुद्ध खनिन थालेका छन् । उनले मिडियाले देशबाहिरबाट रकम पाइरहेको आरोप समेत लगाएका छन् । नाम उल्लेख नगरी विभिन्न उद्देश्यका देशभित्रका संस्था र बाहिरी मुलुकबाट रकम प्राप्त गरिरहेको आरोप लगाएका हुन् ।

खानले यस्तो आरोप लगाएपछि पाकिस्तानको पत्रपत्रिकाका सम्पादकहरुको संगठन द काउन्सिल अफ पाकिस्तान न्युजपेपर एडिटर्सले झुटा र आधारहीन आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले अभिव्यक्तिप्रति सरकारले माफी माग्नुपर्ने भनेका छन् ।

सम्पादकहरुको काउन्सिलका अध्यक्ष कजम खानले अभिव्यक्ति स्वतन्त्रमाथि प्रहार भनेका छन् । उनले इमरान खानले सबैभन्दा बढी मिडियामाथि प्रहार गरेको आरोप लगाए । उनले देशभित्र र बाहिरबाट रकम लिने मिडियाको नाम र प्रमाण दिन चुनौती समेत दिएका छन् । उनले प्रमाण दिन या सार्वजनिक रुपमा माफी माग्न भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्