Logo

बिश्वासघात गरी ठगी गर्ने महिला पक्राउ



काठमाडौं, ८ चैत्र । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा काठमाडौं महानगरपालिका,१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१६ बालाजुबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्