पपुवा न्युगिनीविरुद्ध नेपालको जीत


काठमाडौं, ८ चैत्र । नेपालले पपुवा न्यु गिनीविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग टुमा जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले ७ विकेटको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको पपुव न्यु गिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । जवाफमा नेपालले ३ विकेटको क्षतिमा ३७ ओभरमा १७४ रनको लक्ष्य हासिल गरेको थियो ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिएका थिए । अरिफ शेखले ५९ र कुशल भुर्तेलले ५० रन बनाएका थिए ।