Logo

सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं, चैत ९। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा स्थानीय तहमा उम्मेदवार हुनका लागि हाल बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता राखेपछि सोविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

निर्वाचन आचारसंहिताविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नुपर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार १३ चैतमा लागि दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन भनिएको छ । सर्वोच्चले सो प्रावधान राख्नुको कारण पेस गर्नसमेत आदेश दिएको छ ।

सर्वोच्चले निर्वाचन आयोग र सरकारलाई यस्तो आचारसंहिता निर्माण गर्नुको आधार र कारण लिखित रूपमा पेस गर्न भनेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot