Logo

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली



काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ ।

नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सिरिजमा नेपालले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो ।

आज स्वदेश फर्किने टोलीले मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसिय सिरिज खेल्नेछ ।

यस्तै, मार्च २८ देखि अप्रिल ४ सम्म घरेलु टोली नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot