काठमाडौंको शंखमुलमा खुकुरी हानाहान


काठमाडौं, ९ चैत । काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ ।

युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।