Logo

निर्वाचनलाई पर धकेल्ने असफल प्रयासः ओली



काठमाडौं, ९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई पर धकेल्ने असफल प्रयास भएको बताएका छन् । उनले आज पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

चुनावदेखि सत्ता गठबन्धनका दलहरु डराइरहेको भन्दै ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘निर्वाचनलाई पर धकेल्ने असफल प्रयास समेत भएको छ ।’ चुनाव धकेल्न अनेकन हतकण्डा अपनाइएको उनको आरोप छ ।

ओलीले भनेका छन्,‘ पाँच वर्षे कार्यकालको विवाद झिकरे अदालतमा रिट दायर गर्दै निर्वाचनलाई पर धकेल्ने असफल प्रयास भएको छ ।’

ओलीले आगामी चुनावमा एमालेले सानदार जीत हासिल गर्नै दाबी गरे । तराईमा समेत एमालेको पक्षमा लहर आएको दाबी गर्दै आगामी राजनीतिक शक्ति सन्तुलन नै बदल्ने बताए ।

राज्यका सबै अङ्ग र क्षेत्र अस्तव्यस्त पारिएको आरोप लगाए । उनले भने,‘राज्यका सबै अङ्ग र क्षेत्र अस्तव्यस्त र संकटग्रस्त बन्दै गएका छन् । राज्यलाई नै असफलताको दिशातिर धकेल्नै गरी गठबन्धन लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot