Logo

आज दोहोरो अंकले घट्यो शेयर बजार



काठमाडौं, ९ चैत्र । साताको कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ विन्दु कायम भएको हो ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको २ अर्ब ४६ करोड ३५ लाख २ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर खरिद विक्रि गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot