Logo

गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो : नवराज सुवेदी



काठमाडौं, ९ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए ।

उनले भने,‘पाँच दलबीच गठबन्धन हुन्छ, वडाको कुरा त्यही लेभलमा हुन्छ । स्थानीय तहको निर्वाचनको लागि धेरै समय बाँकी छैन् । निर्वाचनको कार्यक्रमसँग जोडिएर जानुपर्छ । संविधान मिचिँदा हामी हिजो एक ढिक्का भएकै हो। अब यो निर्वाचनको सन्दर्भमा पनि पाँच दलीय गठबन्धनको बीचमा हार्दिकताको साथ निक्र्यौैल गर्नुपर्छ। गठबन्धन घटकभित्र एकले अर्कोको अस्तित्व स्विकार गर्नुपर्छ । जसपा गठबन्धनबाट बाहिरिँदैन् । गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘केन्द्रीय समितिको बैठकपनि भर्खरै सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका पनि निर्माण गरेका छौं । जसपाको सम्पूर्ण पँक्ति अब निर्वाचनको प्रचारप्रसारमा खटिनेछ। उम्मेद्धवार चयनको मापदण्डपनि बनाएका छौं ।’

उनले चुनावमा तालमेलको कुरा गर्दा पाँच दलमात्रै नभएर अरु दलसँग पनि स्थानीय तहमा तालमेल गर्ने कुरालाई खुल्ला राखेको सुनाए । उनले भने,‘स्थानीय तहमा नै तालमेलबारे बढि छलफल हुनुपर्छ । महानगरको कुरा गर्दा यसको सन्दर्भमा यसको अधिकार केन्द्रीय समितिलाई दिईएको छ, र उम्मेद्धवार छनौट गर्ने अधिकार केन्द्रलाई नै छ, तर उपमहानगरको सन्दर्भमा पनि प्रदेशस्तरभन्दा तल नै समाधान खोज्ने कुरा गरेका छौं । उमहानगरपालिकापनि ११ वटा छ। अब गठबन्धनका नेताहरुले बसेर विचार विमर्श गर्नुपर्छ । मापदण्डको आधारमा तालमेलको कुरा गर्नुपर्छ । मापदण्ड बनाउँदा ठिकै हुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्