Logo

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ



काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् ।

यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot