Logo

जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, १० चैत । जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा गर्न शनिबार चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्दैछ । गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यसको साधारण सभा चैत २५ गते बस्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेदखि सुरु हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot