
काठमाडौं, १० चैत्र । यो तस्बिर सन् १९७५ को हो । तस्बिरमा रानी ऐश्वर्या आफ्ना बालक छोरा युवराज दीपेन्द्र शाहलाई हात समातेर खुड्किलो झर्दै गरेकी देखिन्छिन् ।
दौरा सुरुवाल र टोपीमा सजिएका दीपेन्द्र तस्बिरमा खुशी देखिन्छन् । रानी ऐश्वर्या पनि उति नै खुशी देखिन्छिन् ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि तस्बिर महत्वपूर्ण ऐतिहासिक दस्तावेज बनेको छ ।