Logo

रवीन्द्र मिश्र राप्रपा छिर्दै, एकताको सन्देश दिन नाम परिवर्तनको शर्त



काठमाडौं, १० चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने छलफल अन्तिम चरणमा पुगेका छन् । उनले पार्टी एकताको सन्देश दिन नाम र चुनाव चिन्हमा ध्यान दिएका छन् ।

राप्रपाले पुरानै नाममा जोड दिएको छ । उसले चुनाव चिन्ह् पनि हलो नै राख्न खोजेको छ । तर विवेकशील साझाले राप्रपाको नाम परिवर्तनमा जोड दिएको छ । चुनाव चिन्ह् पनि केही फरक बनाउने गरी छलफल बढाएको छ ।

विश्वस्त स्रोतका अनुसार मिश्रले राप्रपा मात्र नाम राख्दा आफू पार्टी प्रवेश गरेको सन्देश जाने भन्दै केही परिवर्तनको आशा राखेका छन् । तर, राप्रपाको नाममा अध्यक्ष राजेन्द्र लिङ्देनले अडान कसेका छन् । लिङ्देन कुनै हालतमा नाम परिवर्तनको पक्षमा छैनन् । यसले मिश्र अप्ठ्यारोमा परेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्