Logo

दुई करोड मतपत्र छापिने



काठमाडौं, चैत ११ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

आयोगले कुल मतदाता संख्याभन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्ने भन्दै करिब २ करोड मतपत्र छाप्ने तयारी भइरहेको जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा करिब १ करोड ७७ लाख मतदाता स्थानीय तहको निर्वाचनमा कायम हुने भएकाले २ करोड मतपत्र छाप्ने योजना बनाइएको जानकारी दिएका हुन् ।

‘स्थानीय तह निर्वाचनमा करिब १ करोड ७७ लाख मतदाता कायम हुने आयोगको अनुमान छ, सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्छ, त्यसो हुँदा करिब २ करोड मतपत्र छाप्नुपर्छ,’ आयोगका सहप्रवक्ता अर्यालले भने ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । सो निर्णय भने भइसकेको छैन् ।

आयोगले आगामी स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिने यसअघि नै बताइसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्