Logo

निर्वाचनमा आयोगलाई २ लाख कर्मचारी चाहिने



काठमाडौं, चैत ११ । स्थानीय तह निर्वाचनमा कम्तीमा २ लाख कर्मचारी परिचालन गर्नुपर्ने भएपछि निर्वाचन आयोग व्यवस्थापनमा जुटेको छ।

वैशाख ८ गते ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीमा रहेको आयोगले त्योभन्दा पहिले नै सबै निर्वाचन अधिकृतको कार्यालयमा खटाइने कर्मचारीहरूको जोहो गर्न गृहकार्य गरिरहेको सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। देशभर २ हजार ५ सय मतदान केन्द्र र १० हजार ७ सय ५० मतदान स्थल रहने अनुमान गरिएको जानकारी दिंदै सचिव दुवाडीले त्यसमा केही थपघट हुन सक्ने बताए।

संघीय मामिला मन्त्रालयले चुनावमा परिचालन गर्न भनेर यसै साता ५ सय ५० जना उपसचिवको नाम आयोगमा पठाएको छ। पालिका तहमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिृकत उपसचिवसरहको कर्मचारी हुने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot