Logo

माओवादी नेता पुन उपचारका लागि आज चीन जाँदै



काठमाडौं, चैत ११ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन पोखरेलसहित चीन उड्न लागेका हुन् । पुन अहिले विहान ९ बजेको कार्गो उडामार्फत चीन जान लागेको जनाईएको छ ।

जण्डिसको मात्रा बढेर स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । त्यसको दुई महिनापछि पुनलाई १० मंसिरमा चीन पु¥याईएको थियो । पुन विश्वमै विरलै देखिने जण्डिससम्बन्धी रोगबाट ग्रसित थिए।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot