Logo

जापान विश्वकपमा छनोट



काठमाडौं, चैत ११ । जापानले अस्ट्रेलियामाथि जित निकाल्दै यसै बर्ष कतारमा वर्ष हुने फिफा विश्वकपमास्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो ।

एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै, जापानको जितले साउदी अरेबिया पनि विश्वकपतिर अग्रसर भएको छ । १९ अंक जोेडेको साउदीको अस्ट्रेलियाको भन्दा ४ अंक बढी छ ।

अस्ट्रेलियाको लागि यो हारले प्लेअफ खेल खेल्नुपर्ने भएको छ । अस्ट्रेलियाले अर्को खेल जेडाहमा साउदीविरुद्ध खेल्नेछ । तेस्रो स्थानमै रहने पक्का रहेको अस्ट्रेलियाले समूह ‘ए’ को तेस्रो टिमसँग प्लेअफ खेल्न पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्