Logo

योगीद्वारा १५ करोडलाई निःशुल्क राशन घोषणा



एजेन्सी, १२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका छन् । सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट उनले उक्त निर्णय गरेका हुन् ।

अब आगामी तीन महिना उत्तर प्रदेशको कुल जनसंख्यामध्ये १५ करोड जनताले सित्तैमा राशन पाउनेछन् ।

निःशुल्क राशनमा प्रति व्यक्ति हरेक महिना ५ केजी चामल वा गहुँ, एक केजी दाल प्रति परिवार, एक लिटर खाने तेल, एक केजी चिनी र नुन रहेको छ । निःशुल्क राशन विपन्न आर्थिक अवस्थाका जनताका लागि दिइने व्यवस्था गरिएको छ । यो योजना सन् २०२४ सम्म जानसक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्