Logo

अमेरिका-रुस टकराव बढेसँगै आणविक युद्धको खतरा



एजेन्सी, १३ चैत्र । अमेरिका र रुसबीच टकराव बढेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा टिक्न नसक्ने अभिव्यक्ति दिएपछि टकराव बढेको हो ।

पोल्यान्ड भ्रमणमा रहेका वाइडेनले पुटिनलाई सत्ताबाट नै हटाउने चेतावनीयुक्त अभिव्यक्ति दिएपछि तरंग आएको थियो । रुसले वाइडेनको अभिव्यक्तिविरुद्ध कडा जवाफ दिएको छ ।

क्रेमसिलनका प्रवक्ता डिमिट्रि पेस्कोभले रुसमा को सत्तामा हुने भन्ने वाइडेनले निर्णय गर्ने नभई रुसी जनताले गर्ने जवाफ दिएका छन् । वाइडेनको अभिव्यक्तिलाई लिएर व्हाइट हाउसले केही सच्याएको छ । उसले वाइडेनले रुसमा सत्ता परिवर्तनको आशय नराखेको बताएको छ ।

तर, सँसारको शक्तिशाली मुलुक अमेरिकाले पुटिन शक्तिमा रहन नसक्ने भनी दिएको अभिव्यक्तिलाई अमेरिकाले रुसविरुद्ध चाल्न लागेको कठोर कदमका रुपमा हेर्न थालिएको छ । अमेरिकाले एक लाख सैनिक यूरोपमा तैनाथ गर्ने तयारी गरेको समेत बताइएको छ ।

अमेरिकाले रुसविरुद्ध थप कडा तयारी गरेको विषय बाहिर आएको छ । रुसले पनि आणविक हतियार तयारी अवस्थामा राखेको छ । उसले आणविक हतियार जडित पनडुब्बीलाई सक्रिय बनाएको छ । रुस सँसारको सबैभन्दा शक्तिशाली आणविक शक्ति हो । उसले आणविक अस्त्रको प्रयोगको धम्की दिइसकेको छ ।

अमेरिका र रुसविरुद्ध टकराव बढ्दै जाँदा सँसारमा तिव्र ध्रुवीकरण हुन थालेको छ । कुनैपनि बेला आणविक हतियारको प्रयोगको खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot