Logo

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?



एजेन्सी, १३ चैत्र । रुस र युक्रेनबीच जारी युद्धमा हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले बढीभन्दा बढी सैनिक मारिएको तथ्यांक दिएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

रुसले आफ्नोतर्फ १३५१ सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेका ेछ । ३८२५ सैनिक घाइते भएको उल्लेख छ ।

रुसले युक्रेनतर्फ १४ हजार सैनिक मारिएको र १६ हजार घाइते भएको दाबी गरेको छ । तर, युक्रेनले भने रुसका २० हजार जति सैनिक मारिइसकेको दाबी गरेको छ । उसका ७ जना जर्नेलहरु मारिएको समेत उल्लेख गरेको छ । नाटोका उच्च अधिकारीले भने ७ हजार देखि १५ हजार रुसी सैनिक युद्धमा मारिइसकेको दाबी गरेका छन् ।

रुसले युक्रेनका धेरैवटा सैन्य शिविर देखि हतियार निर्माणस्थलहरु ध्वस्त पारिदिएको छ । युक्रेनले पनि रुसको एउटा पनडुब्बी, दजैनौं लडाकु विमान, ट्यांकर ध्वस्त पारिदिएको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot