Logo

कांग्रेससँग अन्य दलको तुलना हुनै सक्दैन्ः नेता सिंह



काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले परिबर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।  कांग्रेसको एकमहिने अभियान अन्तरर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै उनले उक्त कुरा बताएका ह्ुन् । सिंहले कांग्रेस जन–जनको मनमा बसेको पुरानो र भरपर्दाे पार्टी रहेको बताए ।

बर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको भन्दै संविधान र लोकतन्त्र माथि प्राहार भएपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेसलाई आई परेकाले बनेको कुरा बिर्सन नहुने उनको भनाई छ ।

स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुत्त निर्णय लिने समेत नेता सिंहले बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानू पर्ने समेत उनले धारणा राखे । कांग्रेसका सबै कमिटीहरुलाई उम्मेदवार सिफारीस गर्दा विधानको परिधि भित्र रहेर गर्न समेत उनले आग्रह गरे । टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जस्ले पाउछ त्यो पार्टीको उमेदवार हुने भएकाले सबै एकढिक्को भएर जिताउन लाग्नु पर्ने समेत बताए ।

वर्तमान सरकारको मुख्य दायित्व भनेकै संविधानलाई ट्याकमा ल्याउन र संविधान र कानुन बमोजिम समय सिमा भित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्माण गराउन लागिरहेको अब मुलुकको ध्यान निर्वाचन केन्द्रित भैसके समेत बताए ।
नेपाली नागरिकले बिगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्याकन गर्ने बेला आएको बताए ।

नेता सिंहले अब सबै कांग्रेसका नेता कार्यकर्ताहरुले जनताको घर–घर पुगेर मुलुक र जनताको लागि स्पष्ट अडान परिबर्तनको नेतृत्व गरेको अवसर पाउँदा सबैलाई मिलाएर काम गर्न सक्ने दल कांग्रेस नै भएकाले कांग्रेसलाई जिताउन लाग्न समेत आग्रह गरे । सार्वजनिक बहसमा सभागी भएर कांग्रेसले गरेका कामका बारे प्रचार–प्रसारमा लाग्न पर्ने समेत उनको धारणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्