Logo

सिसी क्यामेराले काम नगरेको भन्दै धनुषामा व्यवसायी र प्रहरीबीच झडप



धनुषा, १३ चैत्र । धनुषामा आइतबार स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ । विदेह नगरपालिकाको तिनकौरीया चोकको एक पान पसलमा आगलागी भएको विषयले ठुलो रुप लिएर झडप समेत भएको हो ।

पान पसलमा आगोलागि भएपनि स्थानीय व्यवसायीहरुले सिसी क्यामेरा ठिक अवस्थामा नराखेको भन्दै नगरपालिका विरुद्ध विरोधमा उत्रिएका थिए । सोही क्रममा झडप भएको जनाईएको छ । झडपबाट केही स्थानीय व्यवसायीहरु पनि घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्