Logo

अध्यक्ष स्वः रमेश गुप्ताको सम्झनामा रमेश कर्पले मनायो स्थापना दिवस



काठमाडौँ,१३ चैत्र । रमेश कर्प प्रा.लि.ले आफ्ना संस्थापक स्वः रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । उक्त दिनमा विभिन्न कम्पनीका विभिन्न व्यक्तिहरूसँग अन्तरक्रियाको कार्यक्रम पनि राखिएको थियो ।

स्वः गुप्ताको जन्मदिनको अवसरमा नेपाल भरीका १७ विभिन्न व्यापारिक संगठनहरुको पनि उपस्थिति थियो । यो दिन स्वर्गीय रमेश गुप्ता र उनले सानै उमेरदेखि व्यापारिक साम्राज्य निर्माण गर्न गरेको संघर्ष र प्रयासप्रति समर्पित गरिएको थियो ।

१८ मार्चमा विशेष दिन मनाउनको लागि रमेश कर्पका नेपालभरका कर्मचारीहरू भेला भएका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष सुशील गुप्ताज्युले भने, “हाम्रो संस्थापक तथा मेरा पिता स्वर्गीय श्री रमेश गुप्ता कम्पनीलाई फगत एउटा कम्पनी मात्र नभएर एउटा परिवार बनाउनुपर्छ भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्थ्यो । आजको दिन यस रमेश कर्प परिवारमा हामीले बनाएका सदाचारहरु सम्झिने दिन हो र त्यसलाई मनाउने दिन हो । र यो स्थापना दिवस वहाँँको विश्वास, मान्यता र सिद्धान्तहरु प्रतिको सम्मान हो र वहाँँको विरासतलाई हामी सबैले निरन्तरता दिनुपर्छ ।”

उपाध्यक्ष रोहित गुप्ताले भने, “हाम्रा कर्मचारीहरु हाम्रो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हुन् । हामी हाम्रा ५ मूल मान्यताहरुः अग्रगमन, निष्ठा, गति,आधिकारिकता र व्यावसायिकताको साथ “सँगै अगाडि बढ्ने” मान्यतामा विश्वास गर्छौँ र यसले नै हामीलाई हाम्रो साझेदारहरुसँग एकताबद्ध हुन र उनीहरूको व्यक्तिगत र संगठनात्मक वृद्धि र विकासमा नेतृत्व प्रदान गर्न सहयोग गर्छ ।”
यस एक–दिवसीय कार्यक्रम रमेश कर्पका कर्मचारीहरु प्रति समर्पित छ र यसमा विभिन्न कार्निभल, रमाइलो खेलहरु, अन्तरक्रियात्मक गतिविधिहरूका साथै औपचारिक कार्यक्रम अन्तर्गत स्टार पर्फर्मेन्स र अन्य मनोरञ्जनात्मक गतिविधिहरु आयोजना गरिएको थियो। त्यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई उनीहरुको कडा परिश्रम र कम्पनीप्रतिको लगावको लागि सम्मान पनि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्