Logo

नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं, १३ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले वैशाख १० गतेका लागि वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभामा गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि परित गर्ने एजेन्डा छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गतेबाट वैशाख १० गतेसम्म बुक क्लोज गर्नेछ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्