Logo

खुल्ला त उत्तरी नाका?



काठमाडौं, चैत १४ । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण चैतदेखि बन्द उक्त नाका हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

नेपाल–चीनको मुख्य व्यापारिक नाका लामो समयदेखि ठप्प हुँदा नेपाल पक्षले खुलाउन पटक पटक आग्रह गर्दै आएको छ । कोभिडका कारण देखाएर चिनियाँ पक्षले नाका खुलाउन अनिच्छा दोहो¥याउँदै आएको छ ।

तातोपानी नाका मात्र नभएर कोभिडको कारण देखाउँदै रसुवागढी नाका समेत खुलाउन चाहेको छैन । कोभिडपछि नेपालमा चीनबाट नै चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरको भ्रमण भएको छ ।

भ्रमणमा तातोपानी तथा रसुवागढी नाका खुलाउने विषयले समेत प्रवेश पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले अध्यक्ष र विदेशमन्त्री यीबीच भेटमा नाका बन्द हुँदा नेपाल पक्षले भोग्नुपरेको समस्याका विषयमा कुरा उठान गरिएको र यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएको जनाएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्