Logo

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन



काठमाडौं, चैत १४ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरी भर्नाका लागि दर्खास्त माग गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीमा भर्ती हुनका लागि सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । सो प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको हो ।

मधेश प्रदेशपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५ सय ६० जनाको आवेदन परेको छ । यस्तै, प्रदेश १ मा ५० हजार ९ सय ४४, बाग्मतीमा २७ हजार ८ सय ३४, उपत्यकामा १३ हजार ९ सय ५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २ सय ४५ र सुदूरपश्चिममा २९ हजार ७ सय १४ जनाको आवेदन परेको छ । म्यादी प्रहरी छनोटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्