Logo

पार्टी प्रवेश गराउन ओली भैरहवा र प्रचण्ड लिबाङ जाँदै



काठमाडौं, चैत १४ । भैरहवामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उक्त सभामार्फत अध्यक्ष ओलीले विभिन्न राजनीतिक दलमा आवद्व पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

आजको चुनावी सभामार्फत अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराउनेछन् । गुप्तासहित प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव, मंगलप्रसाद गुप्ता लगायतका अगुवा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी रहेको छ ।

पार्टी अध्यक्ष ओली कपिलवस्तु पुग्ने भएपछि एमाले कपिलवस्तुले बृहत चुनावी सभाको तयारी गरेको छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो अध्यक्ष ओली तौलिहवा जाने कार्यक्रम रहेको छ । आली आज साँझ बुटवलमै बसेर भोली (मंगलबार) तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रम र लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्