Logo

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै



काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् ।

नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुबै खेलमा हार व्याहोरेको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।



प्रतिक्रिया दिनुहोस्