Logo

महामन्त्री शर्माको टिप्पणी– काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्छ



काठमाडौं, १५ चेत । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्ने टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटर मार्फत महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

उनले भनेका छन्, कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं वाम गठबन्धन बन्नबाट रोक्नुपर्छ । यसका लागि गहिरो सुझबुझ जरुरी छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ । परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ ।’

यस्तै, उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘प्रायोजित आत्मालोचना’ को अस्त्र निरुत्साहित गर्न कांग्रेस सजग रहेको बताए छन् ।
‘कांग्रेसले भन्दा केवल २७ स्थानीय तह प्रमुख बढि जितेको हो एमालेले ०७४ को चुनावमा । त्यो जित माधव नेपाल, झलनाथ र वामदेवहरु सहितको थियो । उहाँहरु नरहेपछि एमाले उस्तै र उत्रै छ भन्नु अध्यक्षको अहं र अरुको भ्रम मात्र ! प्रायोजित आत्मालोचनाझको अस्त्र निरुत्साहित गर्न कांग्रेस सजग छ,’ उनले लेखेका छन् ।

साथै, उनले कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी नभएको भन्दै संविधानको रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न भएको बताएका छन् ।

उनी थप्छन्, ‘त्यो नितिको जगमा कहिँ एक्लै जित्ने,कहिँ तालमेल रणनीतिक बिषय हो । सँगैमा भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot