Logo

गुण्डूमा जनप्रतिनिधिको पाँच वर्ष नामक पुस्तक लोकार्पण



भक्तपुर, १५ चैत्र । सूर्यविनायक नगरपालिका ७ नं वडा गुण्डूमा जनप्रतिनिधिको पाँच वर्ष नामक सचित्र पुस्तक लोकार्पण भएको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्य,पूर्वमन्त्री,प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेदेखि हालसम्म वडामा भएका मुख्य विकास निर्माणको समग्र गतिविधि समेटिएको छ ।

कार्यक्रममा बोल्दै बस्नेतले सुर्यविनायक नगरका सबै वडामा पाँच बर्षमा एक÷एक अरब रुपैयाँ भन्दा बढी रकम विकास निर्माणमा खर्च भएको बताए । पहिले गुण्डुका बासिन्दा भन्दा अन्यत्रका बासिन्दाले हेप्ने गरेका उदाहरण प्रस्तुत गर्दै बस्नेतले पछिल्ला पाँच बर्षमा भएका विकासले अहिले गुण्डु विकासको नमुना भएको बताए ।

सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापाले विगत २० बर्षमा हुन नसकेको काम पाँच बर्षमा भएको बताउँदै नगरपालिका विकासको नमुना बन्नुमा तीनै तहका जनप्रतिनिधि र स्थानीय वासिन्दाको साथ र सहयोगले महत्त्वपूर्ण भूमिका रहेको बताए ।

वडा अध्यक्ष रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बगमती प्रदेश सभा सदस्य शशिजंग थापा, जिसस उपप्रमुख सरिता कुँवर, वडा सदस्य अर्जुन खतिवडाले गुण्डुको विकास हेर्न उपत्यकाका विभिन्न स्थानबाट स्थानीयहरू आउने गरेको बताए ।

साथै कार्यक्रममा वडा अध्यक्ष किरण थापा,सूर्यविनायक नगरपालिकाका कार्यकारी प्रमुख राजेन्द्र कणेल, सूर्यविनायक नगरपालिका ७ का वडा सदस्यहरु कृष्णजीत माकजु,लक्ष्मी परियार र कार्यपालिका सदस्यहरु गीता देउजा,कमला पोखरेल,भागिरथा सिटौला लगायतको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot