Logo

एन्फाको विशेष साधारण सभा सुरु



काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ ।

यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा छलफल हुने बताईएको छ ।

साधारणसभाको मुख्य एजेन्डाको रुपमा जेठ १५ हुने चुनावका लागि निर्वाचन समिति गठन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot