Logo

औद्योगिक क्षेत्रमा अघोषित ‘लोडसेडिङ’, स्वदेशी उत्पादनको मूल्य आकाशियो



काठमाडौं, १५ चैत्र । यतिबेला विद्युत आपूर्ति असहज बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले माग अनुसार उत्पादन र आपूर्ति गर्न नसक्दा असहज बन्दै गएको हो ।

सुख्खायामका कारण रन अफ द रिभरमा आधारित नेपालको सबैजसो जलविद्युत आयोजनाका उत्पादन आधाभन्दा कम भएका छन् । यसकारण प्राधिकरणले भारतबाट सयौं मेगावाट बिजुली खरिद गर्दै आएको छ ।

विश्व बजारमा कच्चा तेल देखि कोइलासम्मको मूल्य वृद्धिले भारतमा विद्युतको माग बढेको छ । माग बढेसँगै विद्युतको प्रति युनिट ३८ रुपैयाँसम्म पर्न गएको प्राधिकरणले जनाएको छ । तैपनि, बिडमा नपर्दा प्राधिकरणले विद्युत खरिद गर्न सकेको छैन । भारतबाट विद्युत खरिद गर्न नसक्दा औद्योगिक क्षेत्रमा विद्युत काटिन थालिएको छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आउनु अघिका प्राधिकरणका नेतृत्वकर्ताले सर्वसाधारणलाई बिजुली काटेर उद्दोगलाई दिइआएका थिए । घिसिङले यसको ठिक विपरित गर्दा उनी हाइ हाई भए । कुलमानले नै लोडसेडिङ अन्त गरेको सन्देश गयो । वास्तवरमा नेपालको ऊर्जा क्षेत्र भारतसँग निर्भर रहेको खुलस्त भएको छ ।

भारतबाट बिजुली खरिद गर्द नसके नेपालमा लोडसेडिङ हुने अवस्था रहेको प्रष्ट भएको छ । अहिले देशले अघोषित लोडसेडिङ भोगिरहेको छ । कुलमान घिसिङले औद्योगिक क्षेत्रमा विद्युत नदिएर सर्वसाधारणलाई भने दिदै आएका छन् । यसको असर औद्योगिक उत्पादनमा पर्न थालेको छ ।

अहिले विद्युत कटौती भई उत्पादन घट्दा फलामे छड, सिमेन्टलगायत सामाग्रीको मूल्य वृद्धि भएको छ । निर्माण सामाग्रीको अत्याधिक मूल्यवृद्धि खाद्य सामाग्रीहरुमा पनि असर परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot