Logo

बेलाको बोली: गाउँ



बिष्णु भण्डारी
गुल्मी

हिजो गाउँमा
न बाटो थियो
न बिजुली थियो
न संचार थियो
न समाचार थियो
तर पनि
गाउँ-गाउँ जस्तै थियो
गाउँमा मान्छे थिए
मानवता थियो
आज ,
गाउँमा बाटो छ
बिजुलि छ
संचार छ
समाचार छ
फरक यत्ती हो
मान्छे छैनन् !
मान्छे भएन मानवता।
हिजो गाउँ थियो
बिकास थिएन
अहिले गाउँमा विकास पस्यो
मान्छे निस्किए !
खै दोष कसको हो
सायद,
मर म जस्तै र ?
दोषी नजरको !

 



प्रतिक्रिया दिनुहोस्