Logo

चोरीका गरगहनासहित एकजना पक्राउ



काठमाडौं, १५ चैत्र । चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित एकजना पक्राउ परेका छन् । विभिन्न सुनचाँदीका गरगहना सहित ललितपुर चापागाउँ बस्ने सिन्धुली सितलपाटी गाउँपालिका–१ घर भएका २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट आइतबार दिउँसो चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई चोरी भएको नगद तथा गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नगद २८ हजार ३ सय ३० रूपैयाँ, सुनको जस्तो देखिने मिनी रानी हार, बाला, झुम्का, औंठी र चाँदीको जस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको छ ।

उनीहरु माथि चोरी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्