Logo

काठमाडौंको मेयर बन्न शाक्य, स्थापित र मानन्धरको दौडधुप



काठमाडौं, चैत १६ । संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि आफैं दौडधुप मा छन् । तर, शाक्यले अपेक्षित रूपमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

शाक्यले भने आफूमाथि पूर्वाग्राही रूपमा आरोप लगाइएको र आफूले प्रभावकारी काम गरेको दाबी गरेका छन् । विगतमा राम्रो काम गरेको दाबी गर्दै उनले फेरि पनि आफैले टिकट पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

काठमाडौं महानगरको अघिल्लो चुनावमा मेयरमा शाक्य ६४ हजार ९ सय १३ मतसहित विजयी भएका थिए । शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्की ५८ हजार ९ सय ५२ सहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गरी पराजित बनेका थिए ।

संघीय सरकारको सहरी विकास राज्यमन्त्री भइसकेका रामवीर मनान्धर पनि काठमाडौं महानगरको मेयरमा आकांक्षी रहेका छन् । मानन्धर मेयरका लागि दौडधुपमा लागेका छन् । उनी बलिया प्रतिस्पर्धी हुन् ।

यस्तै, काठमाडौं महानगरका पूर्वमेयर तथा बाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री केशव स्थापित समेत मेयरका लागि दौडधुप मा लागेका छन् । तत्कालीन मेयर हुँदा स्थापित विभिन्न क्रान्तिकारी र नवीन काम गरेर चर्चामा आएका थिए । स्थापित पनि आफूले मेयरमा उम्मेदवारी दिने बताउँदै आइरहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्