Logo

उच्च अदालतमा पल शाहको निवेदनः ‘तारिखमा छाडेर मुद्दा लड्न पाउँ’



पोखरा, चैत १६ । पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका शाहका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाऊँ भन्दै निवेदन परेको हो । निवेदनमा शाहलाई धरौटी वा तारिखमा छाडेर मुद्दा लड्न दिन माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot