Logo

भरतपुर महानगरमा माओवादीको दाबी छ, भोलि निर्णय हुन्छ : प्रचण्ड



काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । आज (बुधबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै भएको बताए । उनले भने,‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ, भोलि गठबन्धनको बैठक बस्दैछ, संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौं। तालमेलकै निर्णय हुन्छ।’ file photo

https://www.facebook.com/watch?v=309210437817582



प्रतिक्रिया दिनुहोस्

Screenshot