नेप्से दोहोरो अंकले बढेपनि २ अर्बमा सिमित कारोबार


काठमाडौं, १६ चैत्र । शेयर बजारमा आज दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ४० दशमलव ६८ अंकले बृद्धि भएर २५ सय ६८ दशमलव २५ विन्दु कायम भएको हो ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव १३ अंकले बढेर ४८० दशमलव ६ विन्दमा पुगेको हो । आज २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।