Logo

आज थप २६ जनामा कोरोना संक्रमण,मृत्यु शुन्य



काठमाडौं, १६ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५ हजार १९२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ७७ जना संक्रमित निको भएका छन् । त्यस्तै आज ७१ हजार ७२ जनाले आज मात्रै खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ सय ४६ रहेको मन्त्रालयले जनाएको छ। आज संक्रमितको मृत्यु हुनेकोे संख्या शुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्