Logo

दुर्गा प्रसाईले गरे ऋषि धमलाको यस्तो प्रशंसा (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । व्यवसायी तथा नेकपा (एमाले) का नेता दुर्गा प्रसाईले रिपोर्टर्स क्लब नेपाल देशकै साझा मञ्च भएको बताएका छन् । क्लबको २४औं वार्षिकोत्सव समारोहमा सरिक भएका व्यवसायी प्रसाईले क्लबलाई वार्षिकोत्सवको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले क्लबका सभापति ऋषि धमला पत्रकारितामा ठूलो खम्बा भएको बताए । उनले भने,‘भारतका चर्चित कलाकार अमिताभ बच्चन हुनुहुन्छ नि, भोलि उहाँको अन्त्यपछि जुन अभाव खड्किन्छ। भोलि नेपाली पत्रकारिताको कुरा गर्दा ऋषि धमलाको पनि हकमा पनि त्यही हो । सारा पत्रकार एकातिर, ऋषि धमला अर्कोतिर राख्दा पनि ऋषि धमला नै भारी हुन्छन् । क्लब सारा आएर बोल्ने प्लेटफर्म हो ।’



प्रतिक्रिया दिनुहोस्