Logo

आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ दुई पैसा र बिक्री दर ९१ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा र बिक्री दर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ छ पैसा कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्