Logo

असन्तुष्ट तीन डीआईजीहरुद्धारा सर्वोच्चमा रिट दायर



काठमाडौं, १७ चैत्र । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को बढ्वा सिफारिसमा असन्तुष्ट भएका तीन डिआईजीहरुले सर्वोच्च अदालतमा आज रिट दर्ता दायर गरेका छन् ।

सर्वोच्चमा डिआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्कीले आज बढ्वासम्बन्धि निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश माग गर्दै निवेदन दिएका हुन् ।

वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई आज बसेको मन्त्रिपरिषदको बैठले एआईजीमा बढ्वा गर्ने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्