काठमाडौं, १७ चैत्र । साताको कारोबारको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २८ दशमलव ७५ अंकले घटेर २५ सय ३९ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ७२ अंकले घटेर ४७४ दशमलव ३५ विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २२८ कम्पनीको १ अर्ब ८२ करोड २९ लाख ९१ हजार ४१९ रुपैयाँ बराबरको ३६ लाख २५ हजार ६७० कित्ता शेयर खरिद विक्रि भएको हो ।





प्रतिक्रिया