Logo

चिकित्सा आयोगको एकिकृत प्रवेश परीक्षा चैत्र १८ गतेदेखि, ३४ हजार विद्यार्थी सहभागी हुँदै



काठमाडौं, १७ चैत्र । आगामी चैत्र १८ गतेदेखि चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षा सुरु हुँदैछ । २१ गतेसम्म हुने परीक्षामा कुल ३४ हजार ६ सय ६५ विद्यार्थी परीक्षामा सहभागी हुने आयोगले जनाएको छ। आयोगको अनुसार पहिलो दिन ५०८, दोस्रो दिन १२ हजार २ सय ६२ र तेस्रो दिन २८ सय ९५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

उपत्यका सञ्चालन हुने परीक्षाका लागि १ सय ११ वटा परीक्षा केन्द्र तोकिएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै परीक्षामा संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन आग्रह समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot