Logo

पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छः प्रमुख निर्वाचन आयुक्त थपलिया



ललितपुर, १७ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुन सुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

उनले भने, “सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot