Logo

महालक्ष्मीको रमणीय ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन



ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिका ८ को रमणीय डाँडा ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन भएको छ । आज महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले मन्दिरको उदघाटन गरेका हुन् ।

पुरातात्विक महत्वको सय वर्षभन्दा पुरानो मन्दिर क्षेत्रको विकास गरी निर्माण गरिएको हो । मन्दिर निर्माणमा स्थानीय देखि विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका थिए ।

मन्दिर उदघाटनपछि बोल्दै महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठले पर्यटकीय महत्वको क्षेत्रमा सुन्दर मन्दिर निर्माण हुनले यस क्षेत्रकै शोभा बढेको बताए । कार्यक्रममा महालक्ष्मी नगरपालिका ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, मन्दिर निर्माण व्यवस्थापन समितिका बेदबहादुर खड्कालगायतले निर्माणबारे बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्