Logo

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



सोलुखुम्बु, १८ चैत्र । आफ्नै श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनका पति पक्राउ परेका छन् । ३७ वर्षीया मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot