Logo

मोटरसाइकल चोरी सम्लग्न तीन पक्राउ



पर्सा,१८ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर महानगरपालिका–१५ ठेगाना भएका १९ वर्षीय निशान थापा र पर्सा वीरगंज महानगरपालिका–१५ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

वीरगंज महानगरपालिका–१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनीहरूलाई ग्यारेज नजिकबाट मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

उनीहरू उपर चोरी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot